२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्रीलाई सन्देश पठाएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव ७ घण्टा प्रहरी नियन्त्रणमा

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री बालेन्द्र शाहलाई पदीय मर्यादाविपरीत निजी मोबाइल नम्बरमा सन्देश पठाएको आरोपमा करिब ७ घण्टा प्रहरी नियन्त्रणमा परेका छन् ।

प्रहरी स्रोतका अनुसार पुष्करलाई बिहीबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिइएको थियो । सोधपुछपछि साँझ उनलाई उनकी पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर छाडिएको बताइएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन् ।

स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्रीसँग भेटघाटका लागि समय माग्दा अवसर नपाएपछि निजी नम्बरमा सन्देश पठाएका थिए । उक्त सन्देशको भाषा निजामती कर्मचारीको पदीय मर्यादा र आचरणविपरीत रहेको दाबी प्रहरी स्रोतको छ ।

पुष्कर हाल मुख्यसचिव बन्ने दौडमा रहेको चर्चा चलिरहेका बेला यो घटना सार्वजनिक भएको हो ।  उनी आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन् । त्यसको केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि अवकाश हुनेछन् ।

स्रोतका अनुसार पुष्करले आफू सेवामा रहँदै मुख्यसचिव नियुक्त हुनुपर्ने अपेक्षासहित प्रधानमन्त्रीलाई प्रत्यक्ष सन्देश पठाएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट