२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संसद छलेर अध्यादेशको बाटो रोज्नु निकै रहस्यमय र अनुचित छ, यो लोकतान्त्रिक मूल्य मान्यता विपरित हो : खुश्बु ओली

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले अध्यादेश ल्याएपछि आपत्ति जनाएकी छन् ।

उनले सरकारले संसद छलेर अध्यादेश ल्याउन खोज्नुलाई संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी हुन् । सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई वटा अध्यादेश अघि बढाएको छ ।

बहुमत प्राप्त सरकारले आह्वान गरेको संसद अधिवेशन भोलिपल्टै स्थगित गरेर अध्यादेशको बाटो रोजेको उनले बताइन् ।

स्पष्ट बहुमत भएको सरकारलाई संसद छलेर अध्यादेशको बाटो रोज्नुपर्ने कारण निकै रहस्यमय र अनुचित रहेको उनको भनाई छ । यो लोकतान्त्रिक मूल्य मान्यता विपरित भएको उनले बताइन् ।

त्यस्तै, प्रतिपक्षको हैसियतमा संसदलाई निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको कडा विरोध गर्ने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट