२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

ठगी गतिविधि बढ्दै, अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

मंगलवार , आषाढ २, २०८३

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शङ्कास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप इन्स्टल’ गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैङ्किङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ ।

साइबर ब्यूरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न सचेत पनि गराएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।

ब्यूरोले यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू आफ्नो आधिकारिक ‘फेसबुक पेज’मार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।

विश्वकप फुटबलको नाममा हुने साइबर ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र प्राप्त गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट