२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

संसदमै गोपाल शर्माको प्रश्नः मन्त्रीका लागि छुट्टै कानून हो?

बुधवार , आषाढ ३, २०८३

काठमाडौं  / नेकपाका सांसद गोपाल शर्मा ले सरकारका केही मन्त्री तथा प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारका जिम्मेवार पदाधिकारीहरूले सार्वजनिक रूपमा दिने अभिव्यक्तिले गलत सन्देश प्रवाह गरेको बताए। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल का भनाइप्रति आपत्ति जनाउँदै यस्ता अभिव्यक्ति जिम्मेवार पदमा बसेका व्यक्तिबाट आउन नहुने धारणा राखे ।

सांसद शर्माले यदि यस्तै प्रकारको अभिव्यक्ति कुनै सर्वसाधारण नागरिकले दिएको भए कानुनी प्रक्रिया के हुन्थ्यो भन्ने प्रश्न गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । कानून सबैका लागि समान रूपमा लागू हुनुपर्ने र मन्त्रीहरू पनि त्यसबाट माथि नरहेको उनको भनाइ थियो ।

उनले सरकारकै गतिविधिका कारण मुलुकमा अनुशासनहीनता र अराजकता बढ्दै गएको आरोप समेत लगाए। साथै, प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन आवश्यक रहेको बताउँदै सभामुखसँग त्यसबारे रुलिङ गर्न माग गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट