२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

रास्वपाको पहिलो महाधिवेशन : प्रतिनिधिबाट १ करोड २५ लाख संकलन गर्ने तयारी

बुधवार , आषाढ ३, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्न लागेको पहिलो महाधिवेशनका लागि प्रतिनिधिहरूको शुल्क निर्धारण गरेको छ ।

पार्टीले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रु. ५ हजार र पर्यवेक्षकका लागि  ७ हजार शुल्क तोकेको छ , उक्त शुल्कका अतिरिक्त प्रतिनिधिहरूले आफ्नो आवास र खानाको व्यवस्था स्वयं गर्नुपर्ने रास्वपाले जनाएको छ ।

शुल्क तिर्न नसक्ने सदस्यहरूका लागि भने पार्टीले आर्थिक कोषमार्फत सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ । 

महाधिवेशनमा अधिवेशन सम्पन्न भएका जिल्ला, प्रदेश तथा आयोजक समितिबाट गरी करिब २५ सय प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। केही जिल्ला र प्रदेशमा अधिवेशन सम्पन्न नभए पनि पुरानो कार्यसमितिबाट प्रतिनिधि पठाउने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट