२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

एमाले नेता पोखरेलले भने - ‘आत्म समीक्षा र पुनर्गठन’ अभियान सफल हुन्छ

बुधवार , आषाढ ३, २०८३

काठमाडौं / नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित सुरु गरिएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियान सफल हुने विश्वास व्यक्त गरेका छन्।

पोखरेलले अभियानप्रति शुभकामना व्यक्त गर्दै पार्टीभित्र जुनसुकै किसिमका बाधा–व्यवधान तथा आरोप–लाञ्छना आए पनि आम पार्टी पंक्ति र जनअपेक्षाअनुसार अभियान सफलतापूर्वक सम्पन्न हुने बताएका छन् । 

उनले अहिले आफ्नो जीवनसंगिनी मिराको स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उपचारका क्रममा आफू केही समय विशेष रूपमा व्यस्त हुनुपरेको जानकारी दिएका छन्।

यस कारण पार्टीले अघि बढाएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियानमा प्रत्यक्ष रूपमा सहभागी हुन असमर्थ रहेको उल्लेख गर्दै पोखरेलले पार्टीका नेता–कार्यकर्तासँग समझदारी र सहयोगको अपेक्षा गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट