२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

घण्टीको प्रतीकसँगै  रास्वपा महाधिवेशनको लोगो सार्वजनिक

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको छ।

रास्वपाको केन्द्रीय कार्यालयले शुक्रबार महाधिवेशनको लोगो सार्वजनिक गर्दै तयारीलाई औपचारिक रूपमा अगाडि बढाएको जनाएको छ । 

सार्वजनिक गरिएको लोगोमा निलो पृष्ठभूमि प्रयोग गरिएको छ। लोगोमा पार्टीको चुनाव चिह्न ‘घण्टी’लाई केन्द्रमा राख्दै महाधिवेशनको पहिचान झल्काउने डिजाइन तयार गरिएको छ  । महाधिवेशनको लोगोमा निलो पृष्ठभुमीमा रास्वपा सभापति रबि लामिछानेले घण्टी बजाइरहेको र वरिष्ठ नेता एवम प्रधानमन्त्री बालेन्द्र शाह ले नमस्कार गरेको तस्विर राखिएको छ ।

लोगोमा महाधिवेशनको बीचमा घण्टी अंकित अक्षर बनाएर राखिएको छ ।  साथै पार्टी नेतृत्व र संगठनात्मक एकताको सन्देश दिने विभिन्न दृश्यात्मक तत्वहरू समेटिएका छन् । 

रास्वपाले चितवनमा आयोजना गर्न लागेको यो महाधिवेशन पार्टी स्थापना पछिको पहिलो राष्ट्रिय महाधिवेशन हो। महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नेतृत्व चयनलगायत विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

पार्टीका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट