काठमाडौं / चितवनमा आइतबार आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।
रास्वपाले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। सोही क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाललाई पनि निमन्त्रणा पठाइएको थियो। तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य भइनसकेकाले दाहाल स्वयं उपस्थित नहुने र पार्टीको प्रतिनिधित्व पुनले गर्ने निर्णय भएको नेकपा ले जानकारी दिएको छ ।
भरतपुरस्थित गेस्टहाउस चौरमा हुने उद्घाटन समारोहमा पुनले नेकपाका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। उनले आइतबार बिहान चितवन पुगेर कार्यक्रममा सहभागी हुने तयारी भएको जानकारी दिएका छन् ।
रास्वपा महाधिवेशनमा नेकपा एमालेको तर्फबाट नेता प्रदिप ज्ञावली सहभागी हुदैछन् । कांग्रेसले भने निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस