चितवन । नेकपाका नेता वर्षमान पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुने बताएका छन् ।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि स्मरण गराए ।
उनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन सुझाव दिए ।
उनले रास्वपा र नेकपाबीच सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको बताए । उनले थिति बसाउने एजेन्डामा साथ रहने पनि बताए । उनले सफल महाधिवेशनको शुभकामना पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस