मुलुकमा निर्माण सामग्रीको माग बढ्दो क्रममा रहेका वेला नवलपरासीमा नयाँ स्टिल उद्योग सञ्चालनमा आउने भएको छ।
व्यवसायी अभय शर्मा र स्वीकार आचार्यको संयुक्त लगानीमा स्टिल उद्योग सञ्चालनमा आउन लागेको हो।
कम्पनिका अनुसार ३० करोड २० लाख रुपैयाँको लगानीमा स्थापना हुन लागेको अतुल्य स्टिल प्रालिले दैनिक १०० टन तारजाली (ग्याबिन बक्स) र ६६ टन जीआई वायर उत्पादन गर्ने लक्ष्य राखेको छ।
निजी लगानीमा सञ्चालनमा आउन लागेको उद्योगको कुल लगानीमध्ये १९ करोड ६० लाख रुपैयाँ बैंकको ऋण र बाँकी १० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ। हालसम्म ५६ प्रतिशत इक्विटी लगानी भइसकेको छ।
हाल कारखाना पूर्वाधार निर्माण जारी छ। उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने हालसम्म ६४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। कारखाना भवनको संरचनात्मक कार्यहरू सम्पन्न भइसकेका छन्। बाँकी भवन कार्यहरू पूरा भएपछि स्थापना र प्लान्ट सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ।
उद्योग नेपाल–भारत सीमामा रहेको नवलपरासीको दुम्किवासमा रहेको छ। उद्योगले ग्याविन बक्स र जीआई वायर बनाउन आवश्यक कच्चा वस्तु तार रडहरु भारतबाट आयात गर्ने भएको छ। कारखाना भारतीय सीमाको निकटतामा रहेकोले भाडा लागत बचत हुने देखिएको छ।
अत्यधिक प्रतिस्पर्धी र खण्डित उद्योगकोबीचमा आफ्ना ग्राहकहरूलाई सामग्री मूल्यहरूमा परिवर्तनहरू पार गर्न र विदेशी विनिमय उतार–चढाव जोखिमहरू व्यवस्थापन गर्न मुख्य मूल्यांकन संवेदनशीलता हुने जनाएको छ।
फलाम र इस्पातको माग बढ्ने अपेक्षा गरिएको छ। निकट भविष्यमा उद्योगमा प्रतिकुलता देखिए पनि मध्यम अवधिमा देशमा स्टील उत्पादनको माग बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस