२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मन्त्री मेहता र सांसद ढकालद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

मंगलवार , आषाढ ९, २०८३

भरतपुर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन् ।

मङ्गलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन् । नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा अङ्कुर पौडेलले अस्पतालमा सिटिस्क्यान मेसिन आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गरिदिन अनुरोध गरे ।

उनले चिकित्सक सहितको जनशक्ति व्यवस्थापन र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयले सहयोग गर्ने अपेक्षा राखे । प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल भइरहेको सांसद ढकालले बताए ।

अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट