काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको बताएका छन् ।
एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेको भन्दै यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो र चुनाव भएको बताए ।
उनले राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्ने बताए ।
कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा उनले जोड दिए । सहकार्यमा ढिलाइ गरे देशमा भयानक दुर्घटना हुनेसमेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस