काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा बोल्दै उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।
उजले नेकपा एमाले आफ्ना नीति सहि छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा नरहेको भन्दै आफ्ना नीति एकदमै सहि भएको बताए ।
उनले जबजलाई समसामयिक ढंगले समयानुकूल बनाउँदै आफ्नो पार्टी अघि बढेको बताए ।
उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको प्रतिगमन पराजित गर्ने बेला भएको बताए ।
प्रतिक्रिया दिनुहोस