२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीको मिड–डे मील कार्यक्रमलाई आर्थिक सहयोग

बुधवार , आषाढ २४, २०८३

काठमाडौं  ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत  फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन हुन लागेको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका अनुसार उक्त कार्यक्रमअन्तर्गत केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब पाँच हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराइनेछ ।

यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयमा नियमित उपस्थिति बढाउन र शिक्षामा निरन्तरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले व्यक्त गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । 

उनका अनुसार मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आएको । 

आगामी दिनमा पनि समाजको दिगो विकासमा योगदान पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट