२०८३, आषाढ ३२ गते

बिहिवार, आषाढ ३२ गते २०८३

दराज 'फास्ट डेलिभरी' सेवा: सामानहरू अतिरिक्त शुल्कबिनै पहिलाभन्दा छिटो प्राप्त हुने

बुधवार , आषाढ ३१, २०८३

नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले 'फास्ट डेलिभरी' सेवा प्रारम्भ गरेको छ।

यस नयाँ देशव्यापी सेवाअन्तर्गत योग्य सामानहरू खरिदकर्ता र बिक्रेतालाई कुनै अतिरिक्त शुल्क नलिई पहिलाभन्दा छिटो अर्डर डेलिभरी गरिनेछ।

असार २६ गते नेपालमा सुरू गरिएको 'फास्ट डेलिभरी' सेवाले अनलाइन किनमेलको अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा नेपालको बढ्दो ई–कमर्स व्यवसायलाई थप सुदृढ बनाउने दराजको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

बिक्रेताको उत्कृष्ट अर्डर व्यवस्थापन क्षमता र दराजको देशव्यापी लजिस्टिक्स सञ्जाललाई संयोजन गर्दै 'फास्ट डेलिभरी' ट्याग भएका सामानले समय र विश्वसनीयताका उच्च मापदण्ड निरन्तर कायम राख्ने सुनिश्चित गरिएको छ।

सेवा सुरू हुँदाका अवस्थामा दराज नेपालमा हुने कुल अर्डरमध्य झन्डै ५० प्रतिशत अर्डर 'फास्ट डेलिभरी'का लागि योग्य रहेका छन्।

दैनिक उपभोग्य वस्तु, जनरल मर्चेन्डाइज, इलेक्ट्रोनिक्स तथा फेसनलका उत्पादन यस सेवाअन्तर्गत समेटिएका छन्, जसले दैनिक आवश्यकतादेखि जीवनशैलीसँग सम्बन्धित खरिदसम्म यसको व्यापकता देखाउँछ।

खरिदकर्ता र बिक्रेतामाथि कुनै अतिरिक्त शुल्क नपर्ने गरी 'फास्ट डेलिभरी' सेवा उपलब्ध गराउन दराजले आफ्नो लजिस्टिक्स क्षमतामा रणनीतिक लगानी गरेको छ।

यसले ग्राहकका लागि किनमेललाई किफायती र बिक्रेताका लागि सेवा पहुँचयोग्य बनाउँदै यो सेवा सम्भव बनाएको हो।

दराज नेपालका प्रमुख लजिस्टिक्स अधिकृत सन्तोष बिस्टले भने, 'हाम्रा ग्राहकले अहिले पहिलेभन्दा अझ छिटो र भरपर्दो अनलाइन किनमेल अनुभवको अपेक्षा गरिरहेका छन्, र ‘फास्ट डेलिभरी’ त्यही अपेक्षाको उत्तर हो। यो सेवाको शुभारम्भले नेपालको लजिस्टिक्स पूर्वाधारमा हाम्रो निरन्तर लगानी तथा देशको ई–कमर्स क्षेत्रप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।'

'अझ उत्साहजनक कुरा के छ भने, २,५०० भन्दा बढी बिक्रेता आफ्नो विद्यमान अर्डर व्यवस्थापन प्रदर्शनकै आधारमा यस सेवाका लागि योग्य भइसकेका छन्, जसले नेपालको ई–कमर्स प्रणालीको परिपक्वता र तयारीलाई स्पष्ट रूपमा देखाउँछ,' उनले थपे।

फास्ट डेलिभरी ट्याग कुनै प्रचारात्मक छनोटका आधारमा नभई तथ्यांकमा आधारित मूल्यांकन प्रक्रियाबाट प्रदान गरिन्छ। योग्य हुन दराज मार्फत विक्री हुने सामग्रीले निरन्तर ९० दिनको अवधिमा दुई प्रमुख मापदण्ड पूरा गर्नुपर्छ।

पहिलो, बिक्रेताले तोकिएको समयसीमाभित्र अर्डर पठाउनुपर्छ। दोस्रो, कम्तीमा ८० प्रतिशत डेलिभरी ४८ घण्टाभित्र ग्राहकसम्म पुग्नुपर्छ।

योग्य उत्पादनहरूको सूची दैनिक अद्यावधिक गरिने भएकाले ग्राहकले सधैं हाम्रो प्रतिबद्धता पूरा हुने सामग्रीहरू मात्रै देख्न सक्नेछन्। हाल योग्य सामग्रीहरूको औसत सुरूदेखि अन्त्यसम्मको डेलिभरी समय ४२.७४ घण्टा रहेको छ, जुन ४८ घण्टाको प्रतिबद्धताभन्दा सहज रूपमा कम हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट