२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

विश्वकपको सेमिफाइनल र फाइनल लक्षित गर्दै होलिडे इन रिसोर्टको 'स्टेकेसन' अफर

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । फिफा विश्वकपको सेमिफाइनल र फाइनल खेल प्रत्यक्ष हेर्दै आरामदायी बसाइको अनुभव लिन चाहने फुटबलप्रेमीका लागि बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टले विशेष 'स्टेकेसन' प्याकेज सार्वजनिक गरेको छ।

रिसोर्टले जुलाई १५, १६ र २० मा हुने विश्वकपका महत्त्वपूर्ण खेललाई लक्षित गर्दै सीमित अवधिका लागि यो अफर ल्याएको जनाएको छ। नेपाली समयअनुसार खेलहरू मध्यराति १२:४५ बजे सुरु हुनेछन् र रिसोर्टमा ठूला पर्दामार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

होलिडे इन रिसोर्टकी सहायक मार्केटिङ्ग म्यानेजर  सचिता सेढाइँका अनुसार दुई जनाका लागि तयार गरिएको प्याकेजको मूल्य १४ हजार रुपैयाँ तोकिएको छ। यसअन्तर्गत एक रातको स्ट्यान्डर्ड रुममा बसाइ, दुई जनाका लागि ब्रेकफास्ट र डिनर, हाइ–टी तथा आगमनका बेला वेलकम ड्रिङ्क उपलब्ध गराइनेछ। साथै, प्रत्येक बसाइमा दुई पिन्ट बियर प्रदान गरिनेछ।

प्याकेजमा स्विमिङ पुल, स्टिम र साउनाको निःशुल्क प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। यसका अतिरिक्त, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा १० प्रतिशत छुट पनि समावेश गरिएको उनले जानकारी दिइन।

परिवारसँग आउने पाहुनाका लागि १२ वर्षमुनिका बालबालिकाको बसाइ निःशुल्क राखिएको रिसोर्टले जनाएको छ।

रिसोर्टका अनुसार यो अफर सीमित कोठाका लागि मात्र उपलब्ध हुनेछ। इच्छुक ग्राहकले अग्रिम बुकिङ गर्न तथा थप जानकारीका लागि रिसोर्टको आधिकारिक सम्पर्क नम्बर वा इन्स्टाग्राममार्फत सम्पर्क गर्न सक्नेछन्।

रिसोर्टले विश्वकपका निर्णायक खेलहरूलाई होटल बसाइ, खानपान र मनोरञ्जनसँग जोडेर फुटबलप्रेमीलाई फरक अनुभव प्रदान गर्ने उद्देश्यले यो विशेष प्याकेज ल्याएको जनाएको छ।

bdb298b9-62ca-41a0-8a89-8fdefc41fffd.jfif

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट