काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन सिंहदरबारस्थित संसद भवनमा पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बैठकमा बसेर निस्किएका छन् ।
मंगलबार बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह र सभापति लामिछाने एक साथ प्रतिनिधिसभा बैठकमा पुगेका थिए । तर, उनीहरु करिब २० मिनेट बैठकमा बसेर निस्किएका हुन् ।
प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरुेका थिए ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला संसद्मा प्रधानमन्त्री बालेन उपस्थित भए पनि उनी जवाफ नदिई बाहिरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस