२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

प्रधानमन्त्रीलाई सांसद विश्वकर्माको सांकेतिक सन्देश– ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले सरकार नीति तथा कानुन सुधारको तीव्र दौडमा रहँदा कतै हतार भइरहेको त छैन भन्ने प्रश्न उठाएकी छन्। उनले ‘एक्सप्रेस वे’मा तीव्र गतिमा गुडिरहेको गाडीमा आवश्यक पर्दा ब्रेक लगाउनुपर्ने भन्दै सरकारलाई सांकेतिक रूपमा गति संयमित गर्न सुझाव दिएकी हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले तीव्र गतिमा नीति सुधारको प्रयास गरिरहेको भए पनि त्यसबाट सम्बन्धित पक्ष नै मारमा पर्ने अवस्था सिर्जना हुन नहुने बताइन्।

‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन्, ‘जसका लागि हामी कानुन बनाउँदैछौँ, कतै उनीहरू नै त्यसको मारमा त परिरहेका छैनन्?’

सरकारको काम गर्ने शैली र गतिप्रति सांकेतिक टिप्पणी गर्दै विश्वकर्माले संसदमा ‘ट्रक साहित्य’समेत सम्झिइन्। उनले भनिन्, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ।’

विश्वकर्माको उक्त अभिव्यक्तिलाई प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि दिएको ‘एक्सप्रेस गाडी’सम्बन्धी अभिव्यक्तिसँग जोडेर हेरिएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफूहरू चढेको गाडी बीच बाटोमा नरोकिने र ‘एक्सप्रेस’ गतिमा अघि बढ्ने बताएका थिए। सरकारको काम गर्ने गति र शैलीबारे शाहले दिएको यही अभिव्यक्तिलाई इंगित गर्दै सांसद विश्वकर्माले संसदबाट सांकेतिक रूपमा ‘ब्रेक’को सन्देश दिएकी हुन् ।

पछिल्लो समय रास्वपाका सासंदहरु समेत बिस्तारै सरकारको विरोधमा बोल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट