काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन् ।
लामो समयदेखि संसद बैठकमा अनुपस्थित रहेको भन्दै सांसदहरूले प्रधानमन्त्री शाहको आलोचना गर्दै आएका थिए । संसदप्रति प्रधानमन्त्री जवाफदेही नभएको भन्दै सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले समेत उनको उपस्थितिबारे प्रश्न उठाउँदै आएका थिए ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाह सहभागी हुने पूर्वनिर्धारित कार्यसूची भने छैन । तर, उनी अचानक संसद भवन पुगेर बैठकमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री बालेनसँगै रास्वपा सभापति रवि लामिछाने समेत प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस