काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी अमित कुमार कयालललाई दिएको छ।
कम्पनीको सञ्चालक समिति बैठकले कयाललाई २४ दिनका लागि कामु सीईओ तोकेको हो।
कम्पनीमा साउन ४ देखि २८ गतेसम्म सीईओ पद रिक्त रहने भएकाले उनले नै कामु सीईओको रुपमा जिम्मेवारी निर्वाह गर्नेछन्।
बीमा ऐन २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्य गर्न उक्त जिम्मेवारी सुम्पिएको हो। उनी हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत छन्।
प्रतिक्रिया दिनुहोस