२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमामा ऐतिहासिक कीर्तिमान

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफले रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (FPI) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्रा (Silver Jubilee) का अवसरमा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income - FPI) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको हो। 

कम्पनीले गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउन सफल भएको छ।

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बीमा गरेका सम्पूर्ण बीमितहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकायहरू तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ। 

कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजनाहरू, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले "२५ वर्षको विश्वास, आज १३ अर्ब+ को ऐतिहासिक उपलब्धि" लाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूको साझा सफलताका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा ऐतिहासिक उपलब्धिहरूको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट