काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउन समय लिएका छन् ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउन समय लिएका हुन् ।
शर्मा अर्थमन्त्री बनेपछि श्वेतपत्र ल्याउने जानकारी गराएका थिए । देशको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी गराउन श्वेतपत्र जारी हुन्छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले श्वेतपत्रको तयारी पूरा भएपछि संसदमा समय लिएका हुन् । त्यसैगरी बैठकमा अन्य नियमित कार्यसूची रहेका छन् ।