logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने

    लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने

    8K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका छन् । सरकारको कार्यकाल समय १६ महिना बाँकी रहेकोले दुई पार्टीले आठ–आठ महिना सरकार सञ्चालन गर्ने सहमति गरेका हुन् ।

    एमालेबाट मुख्यमन्त्री बनको शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि माओवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति भएको माओवादी नेता सुर्दशन बरालले बताए । उनका अनुसार सुरुको आठ महिना माओवादी नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् ।

    ‘माओवादीको जनयुद्ध दिवस फागुन २ गते भएकोले २ गतेसम्म माओवादीको नृतृत्व र फागुन ३ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ,’ बरालले भने । अन्य पावर सेयरिङका विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । 

    मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक भद्र सहमति गरेको हो । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडेपनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको पनि बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend