logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • मनाङमा स्याउ टिप्न चटारो

    मनाङमा स्याउ टिप्न चटारो

    4.1K
    Shares

    लमजुङ । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ– १ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०४० जना कामदार स्याउ टिप्न खटिएका छन् ।

    ‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ । बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको हो ।

    कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ । फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ ।

    मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।

    दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए । मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend