logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत ?

    बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत ?

    5.7K
    Shares

    तनहुँ । यसपाली कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले  धानबालीमा क्षति पुर्‍याएको छ । किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गरिरहेका छन् । 

    व्यास नगरपालिकाले गरेको पहिलो चौमासिक सार्वजनिक सुनवाइमा बोल्दै व्यास–१ का नवराज न्यौपानेले बाँदर पीडित किसानले किन राहत नपाउने भन्दै प्रश्न गरे । पानीले धान क्षति गर्दा राहत पाइन्छ । तर बाँदरले मेरो तीन रोपनी खेतको मकै सक्यो क्षतिपूर्ति पाइँदैन, उनले सोधे । 

    बाँदर नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको उनको आरोप छ । बाँदर नियन्त्रणमा नगरपालिकाले उपकरणको वाचा गरे पनि पूरा नभएको उनले बताए ।    

    राहत विषयलाई मेयर बैकुण्ठ न्यौपानेले सामान्य रुपमा लिए । उनले फिस्स हाँस्दै भने, ‘बाँदरले क्षति पुर्‍याउँदा राहत दियौँ भने थामी नसक्नु होला ।’ 

    बाँदरले किसानलाई हैरान बनाएको यो प्रतिनिधिमुलक आवाज मात्र हो । गाउँगाउँमा किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारेको छ । तर, बाँदर नियन्त्रणमा स्थानीय सरकारको चासो छैन ।

    व्यास१ का श्रीकृष्ण पन्थले विकासका योजना समयमै सुरु नहुँदा वर्षेनि बजेट फ्रिज भइरहेको बताए । एमाले व्यास नगर कमिटी अध्यक्ष वीरेन्द्र अधिकारीले बजेट वितरण समानुपातिक नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend