काठमाडौं । नेकपा एमालेले पार्टीको अन्तर्पार्टी निर्देशन (अपानि)–१ जारी गरेको छ। एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनुसन्धान प्रतिष्ठानको जिम्मा पाएका छन् ।
त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन, उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीलाइ स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङलेप्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।
उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुखको जिम्मेवारी छ । त्यस्तै, स्थायी कमिटी सदस्य घनश्याम भुसाल अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
कसलाई के जिम्मेवारी विवरणसहित