logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • बिकासका योजना रोकेका मुख्यमन्त्री पाण्डेले बनाए मन्त्रीपरिषदमा रेकर्ड

    बिकासका योजना रोकेका मुख्यमन्त्री पाण्डेले बनाए मन्त्रीपरिषदमा रेकर्ड

    1.8K
    Shares

    काठमाडौँ-  वाग्मती प्रदेशमा नेकपा एकीकृत समाजबादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले जम्बो मन्त्रीपरिषद बिस्तार गरेर रेकर्ड बनाएका छन्।  

    ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्याएका पाण्डेले अझै थप गरेर राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा लागेका छन् । 

    मुलुक आर्थिक संकटमा परिरहेका बेला समाजबादीका नेता समेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे भने त्यसको प्रबाह नगरी जनताबाट उठेको करमा मन्त्रालयको संख्या मात्र थपेर राज्यमाथि थप भार थोपर्न तल्लीन छन् ।  

    अघिल्लो सरकारले छुट्टाएका विकासे योजना समेत मुख्यमन्त्री बन्नासाथ रद्ध गरेका उनले मन्त्रालय भने धमाधम बिस्तार गरीरहेका छन्।  

    पाण्डे मुख्यमन्त्री बनेपछि विद्युतीय बस खरिद र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना स्थगित गरेका थिए। जबकि अघिल्लो सरकारले विद्युतीय बस खरिद गर्न  ३० करोड र  हेटौंडा–काठमाडौं सुरुङमार्गलाई ५० करोड रुपैयाँ बजेट छुट्याईसकेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend