logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • मन्त्रालयले बिचौलियासंग सम्झौता गर्दैन – मन्त्री रेग्मी

    मन्त्रालयले बिचौलियासंग सम्झौता गर्दैन – मन्त्री रेग्मी

    2.5K
    Shares

    काठमाडौँ –   महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताउनु भएको छ ।  सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले भृकुटीमण्डपका स्टलहरु सस्तोमा दिईएको बताउदै अब त्यसको भाउ बढाउने र मन्त्रालयले सिधै ब्यापारीसंग सम्झौता गर्ने तर अहिलेको जस्तो बिचौलियासंग सम्झौता नगर्ने बताउनु भएको छ।  

    भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको पनि  बताउनुभयो । मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरुको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गर्नु भयो । उहाँले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताउनुभयो । मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताउनुभयो । उहाँले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको बताउनुभयो । 

    समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको बताउनु भयो । मन्त्री रेग्मीले भन्नुभयो, ‘भृकुटीमण्डप धेरै अवस्थित रुप सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ । त्यसको लागि समाज कल्याण परिषद् तयार छ । परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ। वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ। परिषद्ले तीन दिन भित्र पत्र लेख्न निर्देशन दिन्छु। भृुकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिने भन्दा पनि कम भएको छ । यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ । अनि मात्रै बजार व्यवस्थित हुन्छ । त्यसको लागि व्यापारीको पहिलो सहयोग आवश्यक छ । त्यस पछि समाज कल्याण परिषद्ले व्यापारी बस्ने स्थान र सरसफाइ देखि सबै कुरालाई व्यवस्थित बन्छ । यस्तो हुँदा मात्रै यो क्षेत्र साना व्यापारी मैत्री बन्न सक्छ । हाम्रो प्रयास पनि साना व्यापारी मैत्री क्षेत्र बनाउने हो । त्यसको लागि व्यवसायी तयार हुनुपर्छ । तर ।स्थापना भएको २७ वर्ष हुँदा पनि बजार व्यवस्थित बनाउन नसक्नु राम्रो होइन्। अब प्लास्टिकको छानो हटाएर जस्तोको छानो हाल्ने योजना छ । त्यस्तै सकिएको सम्झौता पनि पुनः थप्दै जाने छौं ।’

    मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गर्नु भयो । उहाँले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने बताउनुभयो ।

    कार्यक्रममा संघले मन्त्रीसँग गत मंसीर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend