जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखी मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा पहिलो मत खसे संगै मतदान सुरु भएको हो।
पहिलो मत सभापति पदका उम्मेद्वार कृष्ण यादवले खसाएका हुन्। त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेद्वार रामसरोज यादवले मत खसाएका थिए।
मतदानका ४ वटा बुथ बनाइएको छ। एउटा बुथमा २र२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको छ। सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको संग संगै बुथ बनाइएको छ।