काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
कृष्ण प्रसाद यादवले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत ल्याए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान मतदान भएको थियो ।
१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।