logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रघाती एमसीसीबारे पावर वाला चस्मा किनेर पढ्न शीर्ष नेतालाई भीम रावलको सुझाव 

    राष्ट्रघाती एमसीसीबारे पावर वाला चस्मा किनेर पढ्न शीर्ष नेतालाई भीम रावलको सुझाव 

    2.6K
    Shares

    काठमाडौँ – नेकपा (एमाले) का नेता भीम रावलले पावर वाला चस्मा किनेर एससीसीबारे पढ्न सुझाव दिएका छन्।  

    शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले भने ‘एमसीसीबारे आँखा खोलेर पढ यदि आखाँ कमजोर छ भने आँखाको डाक्टरलाई देखाएर पावरवाला चस्मा लगाएर पढ’।  

    एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने भन्दै एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिए  । 

    नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान  दोहो¥याउदै उनले  एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको  बताए  । नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ । 

    नेता रावलले भने, ‘हेर्नुस् यो राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिदैन गर्न मिल्दैन । यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ । 

    यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए । म तपाईहरुका अगाडि साँचो कुरा भन्छु–यी सबै संशोधन गरौं मैले भनेको थिए । त्यसपछि पैसा लिऊ मैले भनेको । म अहिले पनि त्यो भन्छु । तर अमेरिकी अधिकारीहरुले त भनेभने । नेपालका हाम्रै देशका हौं भन्नेहरुले पनि भन्छन–यो संशोधन हुनै सक्दैन । यसलाई अनुमोदन गर्नुपर्छ । उहाँहरु यसो भन्नु हुन्छ । त्यसकारण नेपाललाई विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकार । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधिनतातर्फ धकेलिनेछ । 

    नेपाल शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ । यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ । त्यसैले हामीले यो एमसीसी सम्झौंता यही रुपमा हुनुहुँदैन भन्ने कुरा उठाउनै पर्छ । सशक्त रुपमा हामीले बोल्नुपर्छ ।’

    नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने समेत बताए।  

    त्यस्तै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भिर दुश्चक्रमा फस्ने चेतावनी दिए  । उनले  एमसीसी सम्झौंताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत  गरे । एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफंै हुने बास्तोलाको बुझाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend