logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • को बन्ला कांग्रेस कोषाध्यक्ष ? 

    को बन्ला कांग्रेस कोषाध्यक्ष ? 

    3.2K
    Shares

    काठमाडौं । र्भखरै चौधौं महाधिवेशन सम्पन्न गरेको नेपाली काग्रेस भित्र कोषाध्यक्ष को बन्छ भन्ने बहस चल्न थालेको छ । सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष मनोनित गर्नुपर्नेछ । अहिले उक्त पदका लागि कांग्रेसभित्र धेरै आकांक्षी देखिएका छन् ।
    कांग्रेसका १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना निर्वाचित भइसकेका छन् । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भए ।

    त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए भने आठ सहमहामन्त्री पदमा क्लष्टर अनुसार निर्वाचन भएको थियो । महिलातर्फ डीना उपाध्यक्ष, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, दलितर्फ जीवन परियार, खसआर्यतर्फ किशोरसिंह राठौर विजयी भए । त्यस्तै मधेशीतर्फ महेन्द्र यादव, मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

    अर्बपति चौधरी लबिङमा
    कांग्रेसको मनोनित कोषाध्यक्षमा ६ जना भन्दा बढी नेताहरुको नाम चर्चामा छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सभापति देउवा समूहको वर्चश्व छ । कोषाध्यक्षका लागि पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बनेका उद्योगपति विनोद चौधरीदेखि पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसम्मको नाम चर्चामा छ ।

    सभापति देउवानिकट एक नेताका अनुसार कोषाध्यक्षमा चौधरी, यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विना विभागीय मन्त्री उमेश श्रेष्ठ र पूर्वसहमहामन्त्री सुनील थापाको नाम चर्चामा छ । कोषाध्यक्षमा नेपालका एक मात्रै डलर अर्बपति चौधरीको लबिङ अन्य नेताहरुको भन्दा बढी छ । उनले देउवा सरकारमा परराष्ट्र मन्त्रीका लागि लबिङ गरेका थिए ।

    मन्त्री नपाएका चौधरीको जोड कोषाध्यक्षमा रहेको कांग्रेसका नेताहरु बताउँछन् । चौधरीले पार्टीको कोषलाई व्यवस्थित बनाउने र चन्दाबाट पार्टी सञ्चालन गर्ने प्रणालीलाई अन्त्य गर्दै कांग्रेसको आर्थिक प्रणाली बलियो बनाउने बताउने गरेका छन् ।

    संगठन सञ्चालनमा कोषाध्यक्ष कार्यकारी नभएपनि पार्टीको आयव्यय सञ्चालन गर्नुपर्ने भएकाले महत्वपूर्ण मानिन्छ । पार्टीका निम्ति आर्थिक स्रोत साधनको व्यवस्था गर्ने, पार्टी निर्णय अनुसार रकम भुक्तानी गर्ने भएकाले सभापतिले आफ्नो विश्वासपात्रलाई नै कोषाध्यक्षमा नियुक्त गर्ने नेताहरु बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend