logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • प्रचण्डको आत्मालोचना : ‘सेना समायोजनलाई पर्सनल बिजनेस जस्तो मानियो’

    प्रचण्डको आत्मालोचना : ‘सेना समायोजनलाई पर्सनल बिजनेस जस्तो मानियो’

    1.9K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीसेना जनयुद्धपछिको सेना समायोजनलाई पर्सनल बिजनेस जस्तो मानेर आफुले गल्ति गरेको वताएका छन् ।

    सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन गर्ने आत्मसमीक्षा गर्दै उनले यस्तो बताएका हुन् । 

    प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगरेर आफ्नो गरेको बताउका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् । 

    यस्तै प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’

    प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् ।

    तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend