logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • माओवादी महाधिवेशनः आज सामूहिक छलफलको निष्कर्ष सुनाइने

    माओवादी महाधिवेशनः आज सामूहिक छलफलको निष्कर्ष सुनाइने

    1.4K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन बुधबार २५ समूहले निष्कर्ष र सुझाव पेस गर्ने कार्यक्रम रहेको छ। आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज २५ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ टोलीदले निष्कर्ष र सुझाव पेस गर्ने छन्।

    दिउँसो एक बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ।  प्रत्येक समूह लिडरलाई १५ मिनेको समय दिइने बताइएको छ।

    सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए।

    उक्त दस्तावेजमाथि छलफलका लागि प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो। 

    बुधबार २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्षले जवाफ दिने हुने कार्यक्रम रहेको छ। त्यसपछि मात्रै केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend