काठमाडौँ । मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।
भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा भने समस्या नभएको बताइएको छ ।