logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • एमबीबीएस विद्यार्थीका समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    एमबीबीएस विद्यार्थीका समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    2.1K
    Shares

    काठमाडौं । विभिन्न देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ ।

    चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेको शिक्षा मन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको हो ।

    ‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं, प्रस्ताव मन्त्रिपरिषदमा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ,’ मन्त्री पौडेलको सचिवालयबाट पठाइएको प्रेस नोटमा उल्लेख गरिएको छ । 

    यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाण जुटाउन शिक्षा सचिवलाई निर्देशन पनि दिइएको मन्त्री पौडेलले जानकारी दिएका छन्  ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend