logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • नेपाल टेलिकम  प्रबन्ध निर्देशक अधिकारी अधिकारीको ३ बर्ष : फोरजी विस्तार, देशको सर्बोत्कृष्ट करदाता र ग्राहकमुखी सेवा

    नेपाल टेलिकम  प्रबन्ध निर्देशक अधिकारी अधिकारीको ३ बर्ष : फोरजी विस्तार, देशको सर्बोत्कृष्ट करदाता र ग्राहकमुखी सेवा

    3K
    Shares

    काठमाडौँ – नेपाल टेलिकमलाई देशकै उत्कृष्ट सस्थाको रुपमा बिकास गर्नुभएका  प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफ्नो तीन बर्षे कार्यकाल पुरा गरी यहि पौष २२ गतेबाट टेलिकमको प्रमुख जिम्मेबारीवाट विश्राम लिनुहुने भएको छ ।

    ‘राष्ट्रको सञ्चार’को रुपमा कहलिएको नेपाल टेलिकममा वि.स.२०५९ साल फागुन २२ गते सातौं तहको ईन्जिनियरको रुपमा प्रवेश गर्नुभएका अधिकारी टेलिकमको सर्वोच्च पद कार्यकारी निर्देशकको उत्कृष्ट जिम्मेवारी पुरा गरेर विश्राम लिन लाग्नुभएको हो ।  
    टेलिकमको पूर्वाधार विकास, सेवा विस्तार, गुणस्तरमा सुधार र नीतिगत सुधार लगायतका एजेण्डा लिएर प्रवेश गर्नुभएका अधिकारी आफ्नो लक्ष्य प्राप्त गर्न सफल बन्दै नेपाल टेलिकमलाई उत्कृष्ट संस्थाको बिकास गर्नु भयो  । 
      
    छैठौं सातौं तहबाट प्रवेश गर्नुभएका अधिकारी कसैको चाकडी तथा हारगुहार नगरी हरेक तहमा खुल्ला प्रतिस्पर्धाबाट आफ्नै स्वविवेक र क्षमता प्रयोग गर्दै वि.स.२०७४  सालको चैतमा दशौं तहमा बढुवा हुनुभएको थियो ।
        
    प्रवन्ध निर्देशकका लागी  भएको प्रतिस्पर्धामा १० जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी नेपाल टेलिकमको ०७५ साल पुसमा कार्यकारी निर्देशकको  जिम्मेवारी सम्हाल्नुभयो । अधिकारीको ३ बर्षे कार्यकाल चुनौतिपुर्ण रहेपनि उत्कृष्टताका साथ कार्यभार पुरा  गरेर नेपाल टेलिकमलाई उत्कृष्ट संस्था बनाउन सफल भएको टेलिकमका कर्मचारी बताउछन  ।

    dilli adhikarii.jpg

    अधिकारीको पालामा नेपाल टेलिकमले मुलुकभर अत्याधुनिक दुरसञ्चार सेवाहरको विस्तार तथा दुरसञ्चार सेवाहरुमा व्यापक सुधार र विविधिकरण गरेको छ । नयाँ प्रविधिका दुरसञ्चार सेवाहरु विस्तार गरी तिनलाई स्थापित गर्ने, ग्राहाकआधार वृद्धि गर्ने, मुलुकका शहरीदेखि अत्यन्त दुर्गम  र विकट हिमाल पहाडका साना साना वस्तिसम्म टेलिकमको सेवा विस्तार लाई तिव्रताका साथ पुरा गरिएको छ । अधिकारीको कार्यकालमै टेलिकमले भोल्टे सुविधासहितको फोरजी सेवा,भ्वाईस,ईन्टरनेट र टेलिभिजन सिहतको एफटीटीएच सेवा मुलुकव्यापी विस्तार गर्यो ।    
    विश्वभर फैलिएको कोरोना भाईरसले संसांरै ठप्प भएको वेला सर्वसाधारणले घरमै वसेर अत्याधिक र्ईन्टरनेटको प्रयोग गर्न थाले । विद्यालय बन्द रहेकोले अनलाईन कक्षाहरु सञ्चालन हुन लागे । सस्तो,गुणस्तरीय र विश्वसनियताका साथ सेवा प्रवाह गर्ने भएकाले टेलिकम ग्राहकको पहिलो रोजाईमा परेको थियो । कोरोनाको महामारी अवधिमा रिङटोन सुचना, विद्यार्थीका लागि सस्तो उत्कृष्ट डाटा प्याक, सस्तो भोईस प्याक सेवा प्रदान गरेको थियो । 
    प्रबन्ध निर्देशक अधिकारीको ३ बर्षे अवधिमै प्रदेश १,२, बाग्मति प्रदेशका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाईवर विस्तारका ठुला योजना सम्पन्न गर्ने जिम्मेवारी पनि प्राप्त गरेको छ । ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको नेपाल टेलिकमले विगत तिन बर्षमा डिल्ली अधिकारीले गरेका मुख्य कार्यहरुलाई निम्न शिर्षकमा उल्लेख गर्न सकिन्छ । 

    भौतिक पुर्वाधार निर्माण उल्लेख्य सुधार 
    यो मोवाईल फोन र ईन्टरनेटको समय हो । हाल युवादेखि वृद्धसम्म मोवाईल नबोकेको कोहि हुदैन । यस कारण पनि काठमाडौं र पोखराका केही स्थानमा मात्रै सिमित सेवा प्रदान परेको अत्याधुनिक प्रविधिको फोरजी सेवा देशव्यापी विस्तार गर्नु अधिकारीको मुख्य उपलव्धि मानिन्छ । मोबाईल सेवा विस्तारमा मुख्य भुमिका रहेको बिटिएस उपकरणहरु ०७५ मङसीरमा मुलुकभर जम्मा ६,७९९ रहेकोमा ०७८ मङसीरमा १३,७२७ पर्याईएको छ । 
    यस अवधिमा १०१.९० प्रतिशतले बिटिएसको सङख्यामा वृद्धि भएको छ । ०७५ मङसीरमा ३१८६ रहेको टुजी साईट ०७८ मङसीरमा ९११ ले बढेरर ४०९७ पुगेको छि । यस्तै ०७५ मङसीरमा २४०६ थ्रीजी साईट रहेकोमा ०७८ मङसीर सम्म आईपुग्दा ५८६ ले बढेर २९९२ पुगेको छ । द्रुततर विकास गरेको फोरजी साईट ०७५ मङसीरमा ३८४ रहेकोमा ०७८ मङसीरसम्म आईपुग्दा ८५९.ं६४ प्रतिशत अर्थात ३३०१ ले बढेर ३६८५ पुगेको छ । 
    यसरी ३ बर्षको अवधिमा ०७५ मङसीरमा कुल साईट ३१८६ रहेकोमा ०७८ मङसीर सम्ममा २८.५९ प्रतिशतले वृद्धि भई ४०९७ पगेकको छ । 
    यसैगरी बिटीएस उपकरण तर्फ पनि टेलिकमले भारी मात्रामा फड्को मारेको छ । ०७५ मङसीरमा ४००९ टुजी बिटीएस उपकरणहरु जडान रहेकोमा ०७८ मङसीरमा आईपुग्दा ६१६ अर्थात १५.३७ प्रतिशतले वढेर ४६२५ पुगेको छ ।
    ०७५ साल मङसीरमा २४०६ रहेको थ्रीजी बिटीएस उपकरणहरु ०७८ सालमा आईपुग्दा२४.३६ प्रतिशत अर्थात ५८६ ले बढेर २९९२ पुगेको छ । यस्तै ०७५ मङसीरमा ३८४ मात्रै रहेको फोरजी बिटीएस उपकरणहरु ०७८ मङसीरमा आईपुग्दा १४९१.१५ प्रतिशत अर्थात ५७२६ ले बढेर ६११० सम्म पुगेको छ ।
    यसरी मुलुककमा सवै क्षेत्रमा बिटीएस उपकरण र टावरहरुको  सङख्या थपिएर सेवा विस्तार भएपछि नेपाल टेलिकम मुलुकको सवैभन्दा बढी फोरजी सेवा उपलब्ध गराउने कम्पनीका रुपमा स्थापित हुन सफल भयो ।  मुलुकभर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने योजनामा रहेको टेmिकमले अहिलेसम्म १२००  किलोमिटर  अप्टिकल फाइबर नेटवर्क विच्छाईएको छ भने करिब २००० किलोमिटर अप्टिकल फाइबर नेटवर्क बिस्तारको काम अगाडि बढेको । 

    यसैगरी एउटै लाईनबाट उच्च गुणस्तरको टेलिफोन, तिव्र गतिको ईन्टरनेट र टेलिभिजन समेत प्रयोग गर्न सकिने एफटीटीएच ट्रिपल प्ले सेवा विस्तारका लागि अप्टिकल नेटवर्क फिडर १२०० किलोमिटर र फाइबर डिस्ट्रिब्युसन क्याबिनेट९एफडिसी० ११९० सँख्यामा विस्तार भएको छ । ट्राफिक प्रयोगका लागि माईक्रोवेभ जडान गर्ने, ग्राहकका गुनासो सुन्न १०० जी क्षमताको राउटर जडान गरी ईन्स्टल गरीनुका साथै उच्च क्षमताका डिडब्लुयुडिएम जडान गरी ट्राफिक मेजर रुटमा ट्राफिक स्थानान्तरण गरीएको छ । 
     
    सेवा विस्तारमा आक्रामक 
    ०७५ मङसीरसम्म काठमाडौं र पोखराका केहि स्थानहरमा मात्र सिमित रहेको फोरजी सेवा मुलुकभर विस्तार गरीएको छ । टुजी र थ्रीजी सेवा उपलव्ध नभएका हिमाली तथा उच्च पहाडी वस्तिमा समेत पहुँच पुर्याईएको छ । नेपालमा हाल कम्पनीको आफ्ना फोरजी प्रयोगकर्ता ७४ लाख नाघेको छ ।  दुर सञ्चार क्षेत्रमा सवैभन्दा बढी करिब ५४ प्रतिशत भन्दा बढी बजार हिस्सा नेपाल टेलिकमले ओगटेको तथ्यांक छ । 
    ०७५ मङसीर अघि १२०० लाईनमा रहेको एफटीटीएच सेवा हालसम्म ६२ जिल्लामा यो सेवा विस्तार भउको छ । यो लाईन २ लाख २० हजार भन्दा बढी वितरण गर्नुका साथै ६ लाख भन्दा बढी नेटवर्क तयार भउको छ । हाल सम्म ११ लाखभन्दा बढी एफटीटीएच ग्राहकको लागि डिजीटल नक्सा सहितको योजना पनि सम्पन्न भईसकेको छ । दुरसञ्चार प्राधिकरणको कार्यविधि कार्यान्वयन गर्दै नेपाल टेलिकमले २६०० मेगाहर्ज व्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीमा फाइबजी सेवा परीष्क्षणको तयारी गर्न लागेको छ ।  

    सेवा उपलब्धता देशभर 
    नेपाल टेलिकमले व्यवसायीक लाभ मात्र नहेरी अत्यनत दुर्गम र विकट क्षेत्रका वासिन्दालाई पनि सञ्चार सेवा उपलब्ध गराउने निती लिएको छ । ७७ जिल्लाका ७०३ स्थानिय तहहरुमा मोबाइल सेवाका पूर्बाधार तयार गरी फोरजी सेवा सहितका सेवा उपलब्ध भैसकेको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रमा फोरजी सहितको मोवाईल सेवा विस्तारका लागि हेलिकप्टर मार्फत ढुवानी गरी महागों लागत बेशोरेरै भएपनि सेवा विस्तार गरेको छ । यसैगरी ६२ भन्दा बढि जिल्लाका ११० भन्दा वढी शहर र शहरउन्मुख बजार क्षेत्रमा एफटीटीएच सेवा विस्तार गरीएको छ । यस सेवामा टेलिफोन, इन्टरनेट र टेलिभिजन समेत सेवा दिने गरी संचालन गरिएको छ।

    dilli adhikari.jpg

     गुणस्तर व्यवस्थापनमा उत्कृष्ट 
    ठुला रिपिटर हबहरुमा जेनेरेटर सहितको पावर व्याकअप र अप्टिकल फाईबरको व्याकहल लिंकको व्यवस्था गरीएको छ । ३ वर्षको यो अवधिमा नै १ जी क्षमताका अप्टिकल लिंकलाई १० जी र १० जी क्षमता रहेका अप्टिकल लिंकलाई १०० जी क्षमतामा स्तारोन्नती गरीएको छ ।  यस्तै प्रदत्त सेवालाइृ विश्वसनिय बनाउनका लागि बिलिङ प्रणली,कोर नेटवर्क प्रणली स्तारोन्नती गरीएको छ । ईन्टरनेटको क्षमता अभिवृद्धि र तीव्र गतिमा कायम गर्नका लागि आवश्यक व्याण्डविथको विस्तार तथा लोकल क्कयास सर्भरका क्षमतामा नययनभि,अयिगमाबिष्च, ब्पबmबष्,ाबअभदययप आदि लाई व्यापक विस्तार गरीएको छ । कम्पनीले ८०० मेगाहर्ज फ्रिक्वेन्सीमा चल्ने  मोवाईल सेट उत्पादनका लागि विभिन्न कम्पनीहरुसगँ समन्वय गरिररेको छ । 

    नितिगत सुधार
    मोबाईल सेवाको नविकरणमा खर्च लेखांकनसम्बन्धि व्यवस्था लागु गरिएको छ जसबाट कम्पनीको नाफामा ठुलो सहयोग पुग्ने छ । यसबाट टेलिकमलाई बार्षिक करीब १ अर्ब २० करोड लाभ हुने कार्यको सुरुवात भएको छ । साथै थ्री जी सेवाको अनुमतिमा बेरुजु रहेको २२ करोड रुपैया लेखा समिती मार्फत फछ्र्यौट गरीएको र भिस्याट र फ्रिक्वेन्सीमा लाल्ने राजस्वबाट कुल आम्दानमिा भएको प्रभाव सम्वन्धि द्धिविधालाई फ्रिक्वेन्सि निरधारण समिति मार्फत संशोधन को पहल गरी सो काम सम्पन्न गरीएको छ । कम्पनीको कर्मचारी बिनियामवली, आर्थिक बिनियामवली को संसोधन, कम्पनीको दरबन्दी संरचनामा अध्ययन गरि कार्यन्वयन गरिएको छ।

    व्यवस्थापकीय सुधारका कार्यहरु
    कार्यसम्पादनका आधारमा कर्मचारीलार्य प्रोत्साहन भत्ताको व्यवस्था गरीएको छ । कम्नीलाइृ थप व्यवीसथत र सेवामुखी बनाउन देशका सात ओटै प्रदेशमा प्रादेशिक सरंचनामा परीवर्तन गरी कार्यान्वयमा लगिनुका साथै कर्मचारकिो सरुवा तथा पदस्थापन कार्यविधि स्विकृत गरीएको छ । बार्षिक नीति तथा कार्यक्रमलाई अनलाइन प्रणालिमा मार्फत सुपरिवेक्षण, नियमन र अनुगमनको ब्यबस्था मिलाएको छ भने लेखा कार्यालय तह सम्म कार्य संपादन संझौता मार्फत कामहरुलाई परिणाम मुखि र लक्ष्य प्राप्तिको सुनिस्चितता गरिएको छ।
     कार्यसञ्चालनमा आएका सुधारहरु 
    कम्पनीमा लामो समयदेखि विद्यमान २३ ओटा रुग्ण आयोजनाको व्यवस्थापन गरी कम्पनीलाई थप तन्दुरुस्त बनाईउको छ ।  यस अवधिमा  नेपाल टेलिकम सवैभन्दा वढी आयकर वुझाउने कम्पनीको रपमा स्थापीत भएको छ ।  जसबाट नेपाल सरकारले गत मङसीर १ गते राष्ट्रिय कर दिवसको अवसरमा कम्पनीलाई सम्मान पनि गरेको थियो ।  चालु आाथिृक बर्षको प्रथम त्रैमासिक मा अवधिमा खुद मुनाफा बढेर २ अर्ब २५ करोढ ९९ लाख ४ हजार पुगेको छ जबकी अघिल्लो आ।ब।को सोहि अबधिमा खुद नाफा१ अर्ब ५१ करोड ७७ लाख ६९ हजार मात्र थियो । गत आर्थिक त्रैमासिकको भन्दा यो वर्ष ४८.९० प्रतिशतले वृद्धि भएको हो । 

    कर्मचारकिो वृत्ति विकास र सुबिधा सम्बन्धि कार्यहरु 
    टेलिकममा  कर्मचारीका वृत्ति विकास लगाएतका बिषयलाई सम्बोधन गर्नका लागि कर्मचार िनियमावली २०७८ को लोकसेवा आयोगको सहमति अनुसार सशोंधन गरीएको छ । गत असार मसान्त सम्म कर्मचारी वियमावली २०६१ अनुसार योग्यता पुगेका करीब ५६४ जना कर्मचारीको तह वृद्धि गरी बढुवा सहित नियुक्ति गरीएको छ । यस्तै दरबन्दि सुधार गरी कार्यसम्पादन बढुवा,आन्तरिक प्रतियोगिताबाट हुने बढुवा तथा खुल्ला मार्फत पदपुर्तिको लागि विज्ञापन प्रकाशन गरी पदपुर्तिको प्रक्रिया कार्यन्वयनमा ल्याईएको छ । कर्मचारीलाई महँगी भत्ता बृद्दि गर्न सहमतिको लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ। कोरोना संक्रमणको समयमा कर्मचारीलाई  अतिरिक्त स्वास्थ्य बिमा तथा छुट्टै उपचार कोष खडा गरि निशूल्क उपचारको ब्यबस्था मिलाइको थियो।

    यसरी नेपाल टेलिकम दुरसञ्चार क्षेत्रमा मुलुककै उत्कृष्ट दरसञ्चार सेवा पदाय सस्था बन्न्न पुगेको छ । विश्वमा आएका प्रविधिको  योग गरी नेपालीका के सुगम के दर्गम सबै क्षेत्रमा सस्तो,विश्वसनिय, र गाुणस्तरीय सेवा प्रवाह गर्नमा कार्यकारी निर्देशक अधिकारलिे महत्वपुर्ण योगदान छ । ईन्टरनेटको व्यापक प्रयोग हुने अहिलेको समयमा टलिकमले ल्याउको फोरजी सेवा ,देश विपतमा परेका वेला अग्र पत्तिरमा रहेर आफ्नो क्षेत्रबाट गरेका कार्यहरु वास्तवमै तारिफ योग्य छन् ।  नयाँ चिजनका साथ प्रस्तुत भउको उहाँको यो रचनात्कम कायृकाललाई  सम्पुर्ण ग्राहकहरुले सम्झिनेछन् ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend