काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का थारु कोटाबाट अमनलाल मोदीको युवातर्फको एक्लो थारु केन्द्रीय सदस्य बनेका छन् ।
माओवादी केन्द्रको प्रभावशाली नेताको रुपमा परिचित मोरङ क्षेत्र नम्बर चारबाट प्रत्यक्ष निर्वाचित सांसद मोदी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौँ महाधिवेशनको बन्दसत्रमा उनलाई युवातर्फको थारु कोटाबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरेका हुन्।
२०७० को संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएका मोदी हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्यसमेत हुन् ।
आठौँ महाधिवेशनबाट माओवादीले केन्द्रीय सदस्यमा २० प्रतिशत युवा कोटा छुट्याएको छ। जसमा थारुबाट एक जनाको मात्रै कोटा छ, जसमा मोदी प्रचण्डको रोजाइमा परेका हुन्।