काठमाडौँ – नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले ऐतिहासिक सम्पदा नारायणहिटी दरबारमा संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको निर्णयलाई हालका पर्यटन मन्त्री प्रेम आलेले खारेज गरेका छन्।
भसंग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको भाडामा दिइएको जग्गामा नक्सा पासबिनै बि म्यानेजमेन्ट प्रालिले रेस्टुरेन्ट बनाउँन सुरू गरेको थियो ।