logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • प्रेम आलेको अर्को एक्सन: नारायणहिटी संग्रहालय कौडीको भाउमा दिने दाहाललाई तुरुन्त समाउन प्रहरी र अख्तियारलाई पत्र

    प्रेम आलेको अर्को एक्सन: नारायणहिटी संग्रहालय कौडीको भाउमा दिने दाहाललाई तुरुन्त समाउन प्रहरी र अख्तियारलाई पत्र

    2.7K
    Shares

    काठमाडौँ – नारायणहिटी संग्रहालयलाई दुरुपयोग गर्ने निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाललाई तुरुन्त समातेर कारबाही गर्न पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारपत्र काटेका छन्।  

     दाहाल सहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही प्रक्रिया अगाडी बढाउन बुधबार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।

    निवर्तमान कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि लेखी पठाएको हो । 

    संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भनेको छ ।

    मंगलबार पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि लेखी पठाउने निर्णय मंगलबार दिउँसो गरेर बेलुकी कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नती कार्यक्रमका लागि धनगढीतर्फ लागेका थिए ।

    मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र लेखेको छ।  साथै  पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । 

    मन्त्रालयले उक्त कार्य भ्रष्टाचारजन्य क्रियाकलाप समेत भएकाले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइएको छ,’  

    प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले छानबिन समितिबाट दोषी देखिएपछि मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend