शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

उपचारका लागि रुकुम पश्चिमबाट काठमाडौं आएका एक पुरुष बेपत्ता

उपचारका लागि रुकुम पश्चिमबाट काठमाडौं आएका एक पुरुष बेपत्ता

काठमाडौं । काठमाडौंबाट एक व्याक्ति बेपत्ता भएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३ घर भएका सामुयल बुढा मगर मंगलबार बिहान किर्तिपुरको पाँगाबाट बेपत्ता भएका हुन् ।

भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि सायमुलको एक महिनादेखि ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।
करिब २७ बर्षका सामुयलले कालो टिसर्ट र रातो हापपाइन्ट लगाएका छन् ।

टाउकोमा हल्का चोट लागेको जस्तो देखिने उनलाई फेला पार्नुहुनेले नजिकको प्रहरी चौकि वा  ९८४५५५४४१८, ९८४३७७२५२४ मा खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend