शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाल बारको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी

नेपाल बारको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धन निकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ ।

अध्यक्षमा गोपालकृष्ण घिमिरे सहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन् ।

त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend