शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भूमि व्यवस्था मन्त्री शशीले मकवानपुरका भूमिहिन दलितलाई दिईन् लालपूर्जा

भूमि व्यवस्था मन्त्री शशीले मकवानपुरका भूमिहिन दलितलाई दिईन् लालपूर्जा

हेटौंडा ।  संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।

मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहिनले जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताईन् ।

मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहिनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिईन् ।
मन्त्री श्रेष्ठले भुमिहिनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अवरोधहरु सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहिनले एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताइृन् ।

मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूूमिहिनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आएपनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गरिन् ।

 बागमती गाउँपालिकामा आज ३ भूूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लागत संकलन र विभिन्न वडामा रहेका भूूमिहिन दलिहरुका लागि जग्गा नापजाँचको काम भइरहेको छ ।
यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहिन दलित घरपरिवारलाई बुुधवार लालपूूर्जा वितरण गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend