शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्थानिय निर्वाचनको आचारसंहिता आजैदेखि लागु, उम्मेदवारलाई यी काम गर्न निषेध

स्थानिय निर्वाचनको आचारसंहिता आजैदेखि लागु, उम्मेदवारलाई यी काम गर्न निषेध

काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवार लगायत सबैलाई आग्रह गरेका छन् ।
आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ ।

आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरित नैतिक बन्धनको रुपमा रहेको कानुनी बन्धन भएको भन्दै राजनीतिक दल र सरोकारवालाले पूर्ण पालना हुने विश्वास गरेको छ ।

आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend