शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाइएको छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो।

मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ।

साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend