शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष प्रचण्ड

स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै  उपयोगी भएको चर्चा गरेका हुन् ।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै  पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भने, “देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको  कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेुका हुन् ।  प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend