काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् ।
एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।