
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा नारायण दाहाललाई नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा जनयुद्धका नाममा लडेका, त्याग गरेका व्यक्ति थुप्रै हुँदाहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइलाई नियुक्त गरिएकोमा ओलीले आपत्ति जनाए ।
काठमाडौंको तीनकुनेमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘आन्दोलन गरेका, अपाङ्गता भएका, शरीरमा गोली लिएका व्यक्तिका छन्, जनयुद्धका नाम लडेका ती सबैलाई छाडेर, अनादर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने मति हेर्नुस् । देश बनाउने यिनीहरूका मनमा छैन ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभा सदस्य नियुक्त गरिएको छ । अध्यक्ष्य ओलीले ध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend