logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • २४ घण्टामा थपिए १५ सय ५८ संक्रमित : १० जनाको मृत्यु 

    २४ घण्टामा थपिए १५ सय ५८ संक्रमित : १० जनाको मृत्यु 

    3.8K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३ सय ५१ जनाले कोरोना जितेका छन् । 

    २४ घण्टामा १० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ। मन्त्रालयका अनुसार  अहिले देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित छन्।   

    नेपालमा सङ्क्रमण दर १९‍२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । 

    नेपालमा अहिलेसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ । 

    प्रतिदश लाखमा ३७१.२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आईसीयू), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् । 

    नेपालमा ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।  

    covid123.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend