logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • इलाम २ उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

    इलाम २ उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

    858
    Shares
    इलाम २ उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाडौँ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरु निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताए ।

    उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरु पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए। उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने बताए । उनले मतदाताहरु मतदान गर्नका लागि उत्सुक भइ मतदान स्थलहरुमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए ।

    इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरुलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताए । उनले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताए ।

    उनले भने ‘हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै आफ्नो आफ्नो स्थानमा खटिसकेका छन्। मतदान केन्द्रहरु पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ ।

    मतदाताहरु पनि इच्छुक भएर मत्दान केन्द्रमा आउने, हाम्रा गतिविधिहरु निरीक्षण गर्नुभएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । यसमा ७९ वटा मतदान स्थल छन् । १४९ वटा मतदान केन्द्र छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

    यो संख्यामा पुग्नेगरी मतपत्र लगायतका सामग्री तयार पारिसकेका छौँ । अहिले हामीसँग करिव २,२२५ को संख्यामा सुरक्षा टोली छ । मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ । सुरक्षित किसिमले मतपेटिका सम्बन्धित ठाउँमा लग्नेछौँ ।’

    यता इलामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरु मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताए । उनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताए ।

    उनले सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताए । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिनुभएको बताए ।

    उनले भने ‘हामीले ४२ वटा वडाहरु जुन ६ वटा स्थानीय तहअन्तर्गत पर्दछन्, यसको ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका छौँ । जसमा सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरेका छौँ । ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा छन् ।

    सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९ र अतिसंवेदनशीलमा १२ जना हुनेछन् । अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुनेछ । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिनुभएको छ । थप जिल्लाबाट आवश्यकता परे व्यवस्थापन गर्नेछौँ ।’

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदैछ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् ।

    पुरुष तथा महिलाका लागि अलग\अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । उनका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाइ गस्तीको प्रवन्ध पनि मिलाइएको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend